☑️ यो संस्था जनहितकारी सामाजिक संस्था हुनेछ । ☑️ जनता माध्यमिक विद्यालय र समग्र लोखिमको भौतिक पूर्वाधार निर्माण, शैक्षिक सामाग्रीको व्यवस्थापन लगायत शैक्षिक सुधारमा योगदान पुर्याउन आन्तरिक एवम वाह्य स्रोत साधन परिचालन गर्ने। ☑️ जनता मावि र लोखिमको दिगो विकास र सामाजिक कल्याण सम्बन्धि काम गर्ने। ☑️ शैक्षिक गुणस्तर अभिवृद्दि र प्राविधिक जनशक्ति उत्पादन सम्बन्धि काम गर्ने। ☑️ समाजमा रहेका सामाजिक विकृति, अन्धविश्वास हटाउन सचेतना फैलाउने। ☑️ जनता माविमा संचालन भएको ३ बर्षे वाली विज्ञान (Diploma in Plant Science) लगायतका प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने र अन्य प्राविधिक जनशक्ति उत्पादन गर्ने। ☑️ युवा शसक्तिकरण, क्षमता तथा नेतृत्व विकास सम्बन्धि कार्यक्रम संचालन गर्ने।