अक्षयकोष (Fund) मा तीव्र गतिमा रकम संकलन हुदै

थुलुङ दुधकोशी गाउँपालिका-९, लोखिम, सोलुखुम्बुमा रहेको श्री जनता मा.वि. मा समुदाय स्तरबाट सुरुवात भएको तीन वर्षे Diploma in Agriculture/Plant science को पढाईलाई व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न विध्यालयको समन्वयमा भुतपुर्व विध्यार्थी मंचको संयोजनमा स्थापना गर्न लागिएको अक्षयकोष (Fund) खडा गरिएको छ। यस कोषमा तीव्र रुपमा रकम संकलन कार्य भैरहेको छ। देश तथा विदेशमा रहनुहुने मनकारी महानुभावहरुबाट रकम संकलन भैरहेको हो।
गाउँपालिका प्रमुख अशिम राईको विशेष पहलमा २०७६ असोज ८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन लिएर लोखिममा गत शैक्षिक सत्रबाट जनता माविमा तीनवर्षे बालि बिज्ञानको कक्षा संचालन भएको हो। अध्यापन संचालनका लागि जनता मावि लोखिमकै भवन प्रयोग हुदै आएको छ भने सरकारको लगानी विना निजि स्रोतबाट संचालानार्थ छ। दक्ष जनशक्ति र ल्याव सामाग्रीहरुको व्यवस्थापन गर्नकोलागि आर्थिक समस्या भएपछि अहिले भूपु बिद्यार्थी मंच गठन गरि जनता मावि र भुतपुर्ब बिद्यार्थीको पहलमा जनस्तरमा आर्थिक सहयोग संचालन भैरहेको छ।
आज सम्म सहयोग गर्ने हरुको लिस्ट हेर्न यसमा क्लिक गर्नुहोस अथवा हाम्रो आधिकारिक फेसबुक पेज बाट पनि अपडेट भैरहेको छ।