Month: September 2021

बाली विज्ञान शिक्षा सञ्चालनार्थ जनता मावि भूतपूर्व विद्यार्थी मञ्चद्धारा १० लाख रुपैयाँ सहयोग

जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । मञ्चले शनिबार काठमाडौंमा सम्पन्न आफ्नो पहिलो वार्षिक साधारण सभा समारोहबीच जनता माविका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यता तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको विशेष आतिथ्यता, गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भुपालसिं राई, नेपाल सरकारका शाखा अधिकृत अविलाल राईलगायतको आतिथ्यतामा सम्पन्न समारोहबीच मञ्चका अध्यक्ष राम किरण राईले विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाको विशेष पहलमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को जनता माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्यापन गराउने निश्चित भएपछि मञ्चले स्वतस्फुर्त रुपमा आर्थिक अभियान गरेर उक्त रकम संकलन गरेको थियो ।

गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ ।

साधारण सभामा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षालय आजको आवश्यकता भएको औल्याउँदै यसको गुणस्तरीयतामा जोड दिएका थिए ।

जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । मञ्चले शनिबार काठमाडौंमा सम्पन्न आफ्नो पहिलो वार्षिक साधारण सभा समारोहबीच जनता माविका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद हेमकुमार राई (सुरबीर)को प्रमुख आतिथ्यता तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको विशेष आतिथ्यता, गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भुपालसिं राई, नेपाल सरकारका शाखा अधिकृत अविलाल राईलगायतको आतिथ्यतामा सम्पन्न समारोहबीच मञ्चका अध्यक्ष राम किरण राईले विद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको विशेष पहलमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ को जनता माध्यमिक विद्यालयमा बाली विज्ञान विषयमा अध्यापन गराउने निश्चित भएपछि मञ्चले स्वतस्फुर्त रुपमा आर्थिक अभियान गरेर उक्त रकम संकलन गरेको थियो । गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ । साधारण सभामा बोल्ने वक्ताहरुले प्राविधिक शिक्षालय आजको आवश्यकता भएको औल्याउँदै यसको गुणस्तरीयतामा जोड दिएका थिए ।